Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सरकारले अब प्रदेश प्रमुख तोक्छ : पौडेल

Thursday, January 4, 2018 National Power

२० पुस, काठमाडौं –प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने बिषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

संचारकर्मीसँगको कुराकानीमा नेता पौडेलले भने, ‘निर्वाचन मिति तोक्ने र प्रदेश तथा प्रदेश प्रमुखको बिषमा छलफल भयो। अन्य राजनीतिक दलहरुको कुनै सुझाव आएन। अब हामी विवाद नहुने किसिमले प्रदेश प्रमुख र प्रदेश छनोट गर्ने प्रक्रिया अगाडि बढाउछौं।’

बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने चाँडो भन्दा चाँडो नयाँ सरकार निर्माण गर्ने बाटो खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए। उपाध्यक्ष रावलले भने, ‘सरकारले विभिन्न बहानमा सरकार लम्वाउने काम गर्नुभएन।’

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने सरकार काम चलाउ भइसकेकाले नीतिगत निर्णयहरु नगर्न सुझाव दिएको बताए।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा पाँच दलका शीर्ष नेता उपस्थिति भएपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थिति भएनन्।