Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

पखालन ति मनका बहहरु ………….

Wednesday, December 27, 2017 National Power

पखालन ति मनका बहहरु
 म आँखा बाट आँशु वगाई दिऊला
 भगाई देउ न ति मनका बोझहरु
 म पनि झिकेर मुटु तिमी लाई नै दिऊला
 अनि केवल रहन्छन तिमी सँगका ति पल
 जसलाई हरपल आफु भित्रै राखुला
 आफु भित्रै राखुला .

पखालन ति मनका बहहरु
 म आँखा बाट आँशु बगाई दिउला

झुठो ठान्छौ होला है तिमीले
 मेरा साथ र विश्वासको
 पराईनै मान्छौ होला है तिमीले
 हामी विचको सामिपियताको
 तर जानेको छैन झुठा कसम
 पत्याउदैनौ तिमीले पनि
 थाहा छ पत्याउदैनौ तिमीले पनि .

पखालन ति मनका बहहरु
 म आँखा बाट आँशु वगाई दिऊला
 भगाई देउ न ति मनका बोझहरु
 म पनि झिकेर मुटु तिमी लाई नै दिऊला

आशा भावनाका साथ तहाँ हुन्छ
 जब एक आपसमा विश्वास बढछ
 केवल एक पटक पछाडी फर्कि त हेर
 अनि तिमी भित्र विश्वास पलाउ छ
 अनि तिमी भित्र विश्वास पलाउ छ .

पखालन ति मनका बहहरु
 म आँखा बाट आँशु वगाई दिऊला
 भगाई देउ न ति मनका बोझहरु
 म पनि झिकेर मुटु तिमी लाई नै दिऊला

लेखक नबु सत्याल (नवराज सत्याल)