Saturday 31st October 2020

    राष्ट्रिय समाचार समितिका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण    आमिरबिरुद्ध उजुरी, यस्तो छ उनलाई लागेको आरोप    आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान आजबाट शुरु हुँदै, सौभाग्य मिल्ने विश्वास    सुजाताले गरिन् काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा    बालुवाटारमा ‘कोर-टिम’ सँग ओलीको छलफल

छिमेकले भन्दै हिडछ फलानो को छोरा/छोरी बिग्रियो रे, के त्यो छोरा/छोरी त्यो सामाजको होईन ?

Sunday, December 24, 2017 National Power


९ पुस,काठमाण्डौ – हरेक परिवारमा चाहाना हुन्छ आफनो घर परिवार रमाईलो बनोस तहाँ हासी खुशी होस शान्ति र सदभाव होस बैचारिक कुरामा मत भेद नहोस पारिवारीका वातावरणमा शान्ति समृद्धि रहोश तर चाहदैमा हुन्छ भन्ने पनि होईन तर त्यसका लागि परिवारका सम्पुर्ण सदस्यले अ–आफनो तर्फ बाट कर्तव्य गर्न पनि त्यतीकै जरुरी हुन्छ…….सन्र्दभ जोडन मन लाग्यो आजको विकृती र विसंगतीमा जसले गर्दा आज देशका कयौं नव युवा कर्णधारहरु विकृती र विसंगतीमा फसेका छन जस लाई न आफनो चिन्ता छ न आमा बाबु न परिवार, न राष्ट्र , न सामाज यती सम्म की हामी को हु, हाम्रो कर्तव्य के हो ? हामी कसरी यो लतमा फसियो वा यसले हाम्रो जिन्दगीलाई कुन मोडमा डोर्याउदै छ । थाहा छैन केहि थाहा छ त यति मात्र सिर्फ आफनो नशाको किन यस्तो परिस्थितीको सिकार हुदै छन हाम्रा देश का कर्णधार कहिले हामीले गहन रुपमा सोचेका छौ ? यसमा दोषी को त ?

हामी कुरा गर्छौ घर परिवारका, हामी कुरा गर्छौ सामाजको अनि कुरा गर्छौ छर–छिमेकको के यसमा हाम्रो केहि दायित्व छैन र सिर्फ छ त कुरा काटने र अरु लाई उडाउनेको छर छिमेकले भन्दै हिडछ फलानो को छोरा ÷छोरी बिग्रियो रे के त्यो छोरा ÷छोरी त्यो सामाजको होईन ? छर छिमेक को होईन अनि सिङगो राष्ट्रको होईन ? किन हामी पन्छीन चाहन्छौं आफनो दायित्व बोध बाट… यसै लाई चिरन मैले केहि शब्द पोख्न मन लागि जो आजको यथार्थ पनि हो जस्तो लागियो ।

अली कति कुरा गरौ हाम्रो सभ्य सामाजको हाम्रो छर छिमेकको सबैलाई थाहा छ खुट्टा तान्ने प्रवृति बाहेक हामीमा केहि छैन म यर्थात बादी र सत्य बादी बनेर लेख्नु त मेरो मुर्खता हो तर म जस्तो अरु त नहोलान नि हामी राम्रो कामको प्रशंसा गर्न सधैं हिचकिचाउछौ कसैले सराहनिय काम गर्न खोज्यो भने तगारो बनि दिन्छौ, हामी भित्र सकारात्मक सोच भन्दा नकारात्मक सोचको हावि छ यो पनि थाहा छ जब सम्म समउन्नत सामाजको निर्माण हुदैन तब सम्म सामाजमा रुपान्तरण हुदैन हाम्रो सामाज रुपान्तरण हुदै गएमा मात्र देशले जागरुक युवाहरुको जमात पाउछ अनि मात्र केहि गरौ भन्ने भावनाको विकास हुन्छ, जव मानिसमा अनेकौ सोचको विकास हुन्छ त्यस पछि खराब सँगत बाट पनि उ टाढीदै जान्छ तसर्थ आफनोे परिवारको बारेमा राम्रो चाहना राख्ने हो भने प्रत्येक अभिभावकले घर भित्रै उचित शिक्षा दिनु आजको आवश्यकता पनि छ किन कि हरेक बाल बालीकाको पहिलो पाठशाला भनेको घर परिवार नै हो।

जसरी कुमाले ले आफनो चक्र बाट गिलो माटो लाई विभिन्न आकारमा ढालेर माटाका भाडा तैयार गर्दछ त्यसतै नै हो हाम्रा बालबालीका जसरी शुरुको शिक्षा घर बाट दिईन्छ त्यो शिक्षामा कमि रहन गए राम्रो बाटोको परिकल्पना गर्न पनि कठिननै हुन्छ, हामी आज परिवारको इच्छा र चाहना अनुसार नभई सिर्फ पैसाको खोजीमा दौडी रहेका छौ मानौ पैसाले सारा खुशी किनिदिन्छ तर होईन, आफनो आवश्यकता लाई पैसा नचाहिने भन्ने पनि होईन आवश्यक पनि छ तर त्यो पैसाको पनि के महत्व जसले गर्दा परिवार दुखित रहन्छ ,

मैले पढे थिए एउटा सानो बाबा छोरा को कथा जोडन मन लाग्यो सायद तपाईहरुले पनि पढनु भयो होला तर पनि मन छोयो अलि कति जोडन मन लाग्यो…..

बाबा सधै पैसाका खातिर दौडी रहन्थ्यो न उसलाई परिवारको वास्ता थियो न आफना सानो छोराको यता सानो छोरा आफनो बाबाको न्यानो मायामा भुल्न खोजी राखेको हुन्छ तर विडम्बना कहिले बाबा लाई फुर्सदनै हुदैन एक दिन छोराले बाबा लाई भावुक मुद्रा सोध्छ बाबा हजुरले एक घन्टामा कति कमाउनुु हुन्छ, बाबाले उसको प्रश्नको प्रति उत्तर नदिई हप्काई सुत्न लाई आग्रह गर्दै छोराको कोठा बाट बहिरिन्छन तर केहि बेर पछि पुनः छोराको कोठा भित्र पस्छन छोरा सुत्नुको सट्टा रोई बसेको हुन्छ उसको रुवाईले गर्दा बाबाको मनमा करुणा जागेर आउछ अनि आफनो छातीमा टाँसी भुलाउने कोशीश गर्दछन तर केहि क्षण पछि छोराले त्यहि प्रश्न दोहर्याउछ बाबा लाई उसको प्रश्नको जवाफ दिन कर लाग्छ र भन्छन १००।०० रुपैया त्यस पछि छोराले आफनो सिरानीको तल राखिएको सिक्कै सिक्का पैसा बाबा लाई दिदै भन्छ बाबा के तपाई आजको एक घन्टा मलाई दिन सक्नु हुन्छ…..???

हो यस्तो भएको छ हाम्रो परिवेश हामी आफु रमाउन जानेका छौं तर हामी हाम्रो परिवारका बारेमा सोच्न सकेका छैन हामी ले परिवार लाई दिने समय छैन अनि कसरी लाग्दैनन हाम्रा बाल बालीका बिसंगती तिर अनि कसरी फुल सरी फक्री राखेका हुन्छन ओइलाउनुको शिवाय तसर्थ परिवारको मन भावना भन्ने कुरा जरुरी छ, साथी संगतको वारेमा बुझन जरुरी छ, पढने विद्यालयको वातावरण बुझन जरुरी छ, हाम्रा बाल बालीका त हाम्रो काखमा सिर्फ विहान को ३ घन्टा र बेलुका को ३ घन्टा मात्र हाम्रा साथमा रहन्छन अन्य समय त विद्यालय हाथा भित्रनै हो तर पनि विद्यालयमा नै छ भनेर ढुक्क नहुनुहोस विद्यालयका शिक्षक शिक्षिका सँग आफनो बालबालीका को आनी बानी व्यहार पढाई र अन्य क्रियाकलापका बारेमा अवगत भै रहनुहोस क्रियटिभ कार्यका लागि हौसला दिनुहोस सो इच्छा अनुसार चल्न लाई नरोक्नुहोस परिवार भित्रको वातावरण लाई साथीको रुपमा लाने गर्नुहोस अन्यथा ओईलाएको फुल जस्तै हुन केहि समय नै लाग्दैन त्यस पछि पछुतो बाहेक केहि रहदैन ।

लेखक नबु सत्याल (नवराज सत्याल)