Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

साँझ पख सिरानी भिज्दा : नवु सत्याल

Monday, December 18, 2017 National Power

साँझ पख सिरानी भिज्दा
तर त्यो मन भिज्दैन
आकासका जुन ताराले
उज्यालो छर्दा यि आँखाले
उज्यालो देख्दैन उज्यालो देख्दैनन

कस्तो याद थियो कस्तो साथ थियो
भुल्नै गाह्रो भो निष्ठुरी तिमी पापीनी रैछौ
भन्नै साह्रो भो अब भन्ने साह्रो भो
 त्यसैले 
नजोडन सक्छु नतोडन सक्छु
अन्धकार नै प्यारो भो अब अन्धकार नै प्यारो भो

साँझ पख सिरानी भिज्दा
तर त्यो मन भिज्दैन
आकासका जुन ताराले
उज्यालो छर्दा यि आँखाले
उज्यालो देख्दैन उज्यालो देख्दैनन

सजाए तस्विर फ्रेम भित्र तिम्रो
ऐना हाल्न भुलेकी
मुस्काएकै देख्छु म विना तिमी

तिम्रा चाहाना नै यो थियो की
झुठो माया झुठो कसम खानु नै थियो भने
समायौ किन यि हातहरु छोडनु नै थियो भने
छोडनु नै थियो भने 
साँझ पख सिरानी भिज्दा
तर त्यो मन भिज्दैन
आकासका जुन ताराले
उज्यालो छर्दा यि आँखाले
उज्यालो देख्दैन उज्यालो देख्दैनन

- नवु सत्याल