Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पुस २१ गतेदेखि २३ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०१८ हुँदै

Friday, December 15, 2017 National Power

२९ मंसिर , काठमाण्डौ – काठमाडौं स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ ।

आगामी पुस २१ गतेदेखि २३ गतेसम्म चल्ने यो मेलालाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्ष्य गरी हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई आकर्षित एवम् प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । उनका अनुसार उक्त मेलामा
हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी प्रथम हुनेलाई ५० हजार रुपैयाँभन्दा बढी तथा द्वितीय र तृतीयलगायत अन्य सान्त्वना पुरस्कार प्रदान गरिने गरिनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका हाइड्रोपावर कम्पनीका प्रतिनिधि एक्स्पोमा सहभागी हुँदै छन् ।विशेष गरी भोइथ, क्रिस्टल, फ्लोभेल, भ्यापटेक, म्याभेल, बीएफएललगायतका बहुर्राष्ट्रिय कम्पनीले पनि यो एक्स्पोमा सहभागिता जनाउने जनाईएको छ।

एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने विश्वास स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईंले लिएका छन् ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहने ईपानका अध्यक्ष गुरागाईंले जानकारी दिए ।
नेपाल सरकारको सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पुरा गर्न यो मेलाले सहयोगी हुने विश्वास आयोजकको रहेकोछ ।