Sunday 14th July 2024

    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem    कार्कीको नेतृत्वको फान यूएसए च्याप्टरलाई कलाकार संघको आधिकारिता

प्रियसी लाई पत्र

Monday, November 27, 2017 National Power

तिमी लाई जुन शबदले सम्बोधन गर्न मन लाग्यो गरे पनि तर तिमी लाई यो नाम सुहाउदैन तिमी लाई त अन्धकार संसार कि उज्यालो छर्ने भगवान पो सम्मmेको थिए मैले तर तिमीले त उज्यालो सँग रमेको जिन्दगी लाई अन्ध्यारो सँग मडारीएको बादल सरी बनायौं जुन अनि तिमी लाई जुन शब्द दिनु मा के नै औचित्य रहयो र ?

तिमी लाई प्रेम के हो र कसरी गरिन्छ भन्ने पनि थाहा रहेन्छ अनि थाहा रहेन्छ कसैको हाँसो को मुल्य केवल थाहा रहेछ कसरी धोखा दिने त्यसै ले त अब तिम्रा विश्वासका आधारहरु पनि कहि कतै देखिदैन अनि देखिदैन तिम्रा ति पवित्र भावना जुन मेरा लागि एक निश्चल एवम निर्मल थिए कुनै पल र कुनै दिन जुन मेरा कल्पना भित्र रमाउथे अनि हराउथे तर जुन आज ति पल सम्झदा तिमी लाई माया गर्नु पाप भएछ अभिशाप भएछ र त त्यही पापको रापमा जली रहेछु र जिवन लाई नष्ट गर्न लागि परेछु ।

 

जुन मैले त सोचेको थिए मेरो ठुलो समर्पण बाट भेट्टाएकी मोती थियौ जसले मेरो जिन्दगीमा नयाँ विहानीको किरण छरछौं मैले त सोचेको थिए मेरो तपस्याको फल थियौं तिमी जस लाई पाई जिवन परिवर्तनको आभास महसुस गरेको थिए, तर जुन हाँस्ने बाटो किन बनायौ थाहा थियो नि तिमी लाई जब तिम्रा सामु म पर्थे मेरा हर दुखिद छण बिर्सी तिमी भित्रै हराउन पुग्थे अनि खुशी का साथ तिम्रो साथ पाएको महशुश गर्थे ।

थाहा छ जुन हरेक मानिसको छातीमा दबाएर राखेका पिडा हुन्छन जब मन मिल्ने साथी सँग त्यो पिडा पोखन पुग्छ यस्तो लाग्छ दुखको भवसागर फोडीयो अनि मन हलुगो भयो तर तिमी सँगको पल त केवल नाटकीय रुपपो हुन गयो किन कि तिमीले साटेको प्रेम त पिडा पो रहेछ त्यसैले त तिमी मेरो पिडा भित्र आन्नदले खेल्न सक्यौ जुन के तिमीलाई त्यती खेर ति प्रभुु सँग डर लागेन जसले तिमी हामी लाई बनाए आज तिम्रा घृणीत हरकतले मेरो जिवनमा कस्तो असर पर्यो कहिले महसुस भयो होला र तिमी लाई…..त्यसैले त जुन आज निद्राका लागि पनि सिलिपिड. टयाबलेटको जरुरी परेको छ मलाई थाहा छ जुन यो याद भन्ने कुरा कति कोशीश गर्छु पन्छाउन तर कदापी सक्दीन र लाग्छ मैले माया गर्न जानीन सायद म पनि तिमी जस्तै हुन सक्थे भने……

जुन म सोच्थे नारी महान शक्ती हो नारी विश्वास हो नारी सागर हो अनि नारी मा माया को अथाह भण्डार हुन्छ तर कहाँ हराए तिम्रा ति शब्द जसले मलाई माया गर्न सिकाए हिडन सिकाए अनि मृत्युको अन्त सम्म पनि साथको खाँचो राख्थे त्यसैले त आज ति मिठास पल पनि अभिषाप भएछ । जुन के तिमीले आफुले पाएका जिवनलाई सार्थक मान्न सक्छौ के तिमी भित्र साँचो बोल्ने आदम्य साहास छ त…. याद लाई त समालेर सजाएर राखिन्छ जुन तर तिमी ले त कस्तो याद दियौ न सजाउन सक्छु न उखेलेर फाल्न यो कस्तो प्रेम थियो हामी विच जहाँ दोष माात्र खेपनु परेछ निर्दोष हुदा हुदै पनि दोषी भई बाँच्नु परे छ…..
तर जुन ढुक्क हुनु ति हामी विचका याद याद मै सिमित रहने छ कुनै दिन यि याद लाई फ्रेममा हाल्न फ्रेम पठाई दिन आग्रह गरेको थिए तर तिमीले त फ्रेमको ठाउमा धोखा पठाइछौ…..

मैले त जिन्दगी दिन जानेको मान्छे सम्झे थिए तिमी लाई तर तिमी त जिन्दगी लिन पो तुली छौं के यही थियो तिमी ले मायामा दिएका उपहार… आज सारा जिवन आँशुको सगम बनाई दिदा पनि यो मनले तिमी लाई नै खोजी बसेका छन यसका लागी तिमी लाई मैले धन्यवाद दिनै पर्छ जुन..

जुन जिन्दगीका सबै पल आफै सँग रहन्छ भन्न सकिदैन कहि कतै तिम्रो मुटु र भावनले गल्ती स्विकार गरेछन भने सिर्फ दुई थोपा आँशु झार्नु त्यो आशुले तिमी ले गरेका गल्तीलाई माफ गर्ने छन अनि तिमी भित्रका भावना ले नितान्त चोखो मायाको चाहत राख्ने छन अनि बल्ल तिमीले मायाको परिभाषा थाहा पाउने छौ ।

यति भन्दै जिन्दगीको परिवेशमा फेरी बाटो एउटै परेछ भने त्यही दिन….. हस त जुन अहिले लाई विदा

 

……………………….

उहि तिम्रो अतित….