Tuesday 5th November 2024

    ५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने    सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री    कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारी गर्दै नेकपा (माओवादी केन्द्र)    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु

नवु सत्यालको हारेको जिन्दगी

Tuesday, November 21, 2017 National Power

सानो गाउँ गरिब परिवार सो परिवार भित्र एउटा अबोध बालकको परिवेश खुसीको लहर सायद कसमा पो नहोला र १ परिवार एउटा जमिन्दारमा आश्रित छ । संयोग भन्नु पर्दछ जमिन्दारको परिवारमा पनि एउटा नयाँ किरण झल्कन्छ त्यहाँ पनि एक सूकन्याको जन्म हुन्छ ।

आफ्नो उमेर सँगै हुर्कदै गरेका यी नादान कति बेला बाल्यकालको मायामा बाँधिन्छन् थाहै हुँदैन । सम्पन्न परिवारकी एक्ली छोरी ९सूकृति० पढाइको सिलसिलामा विदेसिन्छीन् । केही समय पछि सपरिवार नै बिदेशिएपछि दुई आत्माहरु पनि स्वतः विछोडिन्छन् ।

‘माया भनेको एक चिम्टी सिन्दूरले रंगाउँदैमा

अग्नीलाई सात फेरा लगाउँदैमा पुरा हुने कुरा हैन’

उमेर सँगसगैं पढाई पुरा हुन्छ । सूकृतिको परिवारमा विवाहको प्रस्ताव आउने जाने भइरहेको छ । बाल्यकालमा लगाएको माया भुल्न पनि नसकिने सम्हाल्न पनि नसकिने । सूकृति एक्लोको कति पो जोर चल्छ र । उनी मदनसँगको प्रेमलाई मुटुभित्र सजाएर देख्नु न जान्नु मान्छेको घरमा जान्छिन् । शरीर अरूलाई दिएपनि सूकृतिले मन मदनलाई नै दिएकी छन् । श्रीमानको न्यानो अँगालोमा सूकृतिले कहिल्लै मन बुझाउन सकिन ।

दिनपछि रात रातपछि दिन यसरी नै समयचक्र लिरहँदा रहँदै गरिबीको चेपुवामा पिल्सिरहेको मदनको जिन्दगीमा मायाको साथ हो या, भगवानको कृपा उच्च शिक्षाका लागि वैदेशिक छात्रवृत्ति हात पर्छ । त्यो पनि उसैको मायालु रहेको स्थानमा । हो, मदन अब सूकृति कै देश र सहरमा उच्च शिक्षाका लागि गयो ।

समय परिवर्तनसँगै एक दिन मदन र सूकृतिको भेट हुन्छ । अकस्मात आफ्नो अगाडी मदनलाई देखेर सूकृतिको वर्षौदेखि गुम्सिएको माया पोखिएर आउँछ । तर, उनी त्यो मायालाई छताछुल्ल पार्न सक्दिनन् । किनकि उ अरूकै भइसकेकी थिई । उनको शिरमा रमेशको सिन्दूर थियो । त्यो सिन्दूर लक्ष्मण रेखा बनेर मदन र सूकृतिका माझमा आइदियो ।

वर्षौदेखिको मिलनको कल्पना गरेको मदन पनि आफ्ना अघि प्रेयसी अर्कैको सिन्दूरले सजिएर आएको देखेपछि एक छिन हत्प्रत भयो । दुवै नयनका इसाराले बोल्न थाले । दुवैका मनमा अनगिन्ती पिडा गुम्सिएका थिए । आखिर कतिसम्म धैर्य हुने रु कतिसम्म गुम्सिने रु
शून्यताको परिवेशमा दुवै आलिँगनमा समाहित भए । ‘सूकू यो कस्तो नियति, कस्तो भाग्य १’ मदनले भनिसक्दा सूकृति उ भित्र हराई सकेकि थिई । केही बेर दुवै अतीतलाई सम्झँदै हराए ।

अब एउटै सहर एउटै टोल । सूकृति र मदनले सिन्दूरको लक्ष्मण रेखालाई पार गरे । दिन प्रतिदिन उनीहरूको माया झाङ्गििदै गयो ।
सूकृति मदनको समामिप्यतामा रमाएपनि रमेशको आलिँगनमा कहिल्लै खुसी हुन सकिन । बाहिर रमेशका अघिल्तिर जतिसुकै हास्ने खोजेपनि सकिन ।

एक दिन बाध्य भएर सूकृति रमेशलाई मदनसँगको सम्बन्धका बारेमा भन्छे । ‘रमेश मलाई माफ गरिदेऊ मैले तिमीलाई तन दिए तर मन दिन सकिन ।’

तर, कसलाई मन पर्छ र यहाँ यस्तो कुरा‘१ त्यस पछिका दिनमा रमेश कठोर भयो । सूकृतिलाई घरमै नजर बन्धक बनाईयो ।
उता सूकृतिसँग भेट नहुँदा मदन पनि पिडामा छट्पटिन्छ । के गर्नु परदेशमा उसको पनि साथी भनेपनि प्रेमिका भनेपनि सूकृति नै हो । उसलाई थाहा छैन सूकृति रमेशकै घरमा नजरबन्दमा छे ।

घरभित्रै नजरबन्द भएपछि सूकृति बहुलाए सरी हुन्छे । उ, समाज सँग र रमेशको परिवारसँग विद्रोह गरुकी अरू केही गरु दोधारमा छे । बाबाआमाको इज्जत पनि उसको अघिल्तिर आइदिन्छ । यसरी कयौँ दिन बन्द कोठामा बसिरहँदा दिनप्रतिदिन उसको स्वभाव पनि परिवर्तित हुन्छ ।

उ गरौँ कि मरौं भन्ने दोधारमा अनायासै श्रीमानलाई पत्र कोर्दछे ।

प्रिय, रमेश,

कति दिन सम्म तड्पिएर छटपटिएर म यस धर्तीमा बाँच्न सक्छु र ?

म पनि त यो संसारमा स्वतन्त्र भई बाँच्न चाहने प्राणी न हुँ, म भित्रपनि त आकाक्षा चाहना भावना होलान् । किन मलाई पिंजडाको सुगा बनाइएको ?

रमेश, मेरो बुझाई माया भनेको एक चिम्टी सिन्दूरले रंगाउँदैमा अग्नीलाई सात फेरा लगाउँदैमा पुरा हुने कुरा हैन । मलाई तपाईसँग कुनै प्रेमिल महसुस नै भएन । फगत म एउटा देखावटी सान र सौकतका लागि तपाईसँग एउटा सम्झौता मात्र गरेकी हुँ । यो सम्झौता गर्न मलाई बाध्य बनाइएको थियो । म हिजो पनि हजुरकी थिइन, आज पनि छैन र भोलि पनि हुन सक्दिन । जवसम्म श्रीमान् श्रीमती बिच भावनात्मक सम्बन्ध जोडिँदैन तवसम्म त्यो सम्बन्ध सम्झौता मात्र हो । तपाईसँगको मेरो सम्बन्ध पनि त्यही सिन्दूर र सात फेराको सम्झौता मात्र भयो । तपाईँ मायालाई पैसामा तौलनु हुन्छ । तपाईँले पैसाबाट शारीरिक सुख खरिद गर्नसक्नु होला मेरो मन र मस्तिस्कलाई जित्न सक्नुहुन्न ।

मलाई चाहिदैन हजुरको सान, सौकत, दौलत, बैक ब्यालेन्स अनि गाडी बगंला । मैले हजुरलाई त्यही दिन सुम्पेकी थिए जुन दिन मेरो बाबा आमाले हजुरलाई मेरो हात थमाएका थिए । मैले त्यही दिन सुम्पेकी थिए आफना लाजका गहना हजुर माझ । तर, चढाउन सकेकि थिइन मेरो मन र मुटु । यहाँ त अरुनै पहिल्लै विराजमान भइसकेको थियो ।

रमेश, जान अन्जानमा म बाट भएको गल्तीलाई क्षमा गरिदिनु होला ।

मेरो जिन्दगीको सपना त मेरो मदन हो । उ विना म कसरी खुसी रहन सक्छु १ उसलाई पाउन हजुरको अवरोधले नदिएपनि मलाई कुनै दुखः छैन । मदनलाई यो जुनीमा पाउन नसकेपनि अर्को जुनीमा अवश्य पाउने छु ।

अलविदा रमेश,

यति लेखिसकेपछि सूकृति संसारबाट बिदा हुन्छे ।

सूकृतिको आत्महत्याले रमेशमा पनि पिडा बढ्दछ । मदनलाई त थाहै छैन की उसकी मायालुले उसलाई पाउने आशामा संसार त्यागी सकेकि छ ।
एक दिन मदन बजारमा हिँड्दै गर्दा आफ्नो प्रेमिकाको पति कुनै नयाँ युवतीसँग हिँडिरहेको देख्छ । सूकृति सम्पर्कमा नआउनु, रमेशसँग नयाँ केटी देखिनु मदन सशंकित हुन्छ ।

आज धेरै दिनपछि मदनले इमेल चेक गर्यो । अनायासै सूकृतिको इमेल देख्छ । हतार हतार खोल्छ । उ खुसीले रमाउँदै इमेल पढ्न थाल्छ ।

प्रिय, मदन,
संसार यस्तै रहेछ । यहाँ माया किन्नेहरुको भिड लाग्दो रहेछ । तिमीलाई त लाग्यो होला मैले पनि माया बेचिदिए अनि सोच्यौ पनि होला तिम्रो नजरमा म धोकेबाज । तर, यर्थात त्यो थिएन ।

मदन म हिजोपनि तिम्रै थिए, आज पनि तिम्रै हुँ र भोलीपनि तिम्रै हुँनेछु ।
कसरी तिमीलाई सजाएको मुटु भित्र अरूलाई राख्न सक्थे र ?

मदन १ जसलाई मुटु माझ सजाए उही नै मेरो संसार थियो । मैले त शरीरसँग पो सम्झौता गरेकी थिएँ । मेरो मुटु र मन त तिमीसँगै हरदम थियो नि हैन १ मदन तिम्रो नाम त मैले कसैले नदेख्ने ठाउँ भित्र पो सजाई राखेकी थिएँ जो तिमी बाहेक कसैले चाहेरपनि पाउन सक्दैन थियो, हेर्न सक्दैन थियो ।

मलाई थाहा छ मदन, तिमीलाई मेरो विश्वास लाग्दैन किन कि म धन दौलत भित्र रमाएकी न परें । तर, मदन मेरो लागी तिम्रो माया सबै चिज थियो । तिमी विश्वास गर या नगर तर आज तिमीनै मेरो जीवनमा छैनौ भने मेरो बाँच्नुको अर्थ के रु
त्यसैले तिमीसँग अर्को जुनीमा भेटने बाचाका साथ बिदा लिदैछु‘‘दुखी नबन ल १ तिमीलाई जान अन्जानमा केही भने गरेकी भए मलाई माफ गरिदिनु ल ।

तिमी सधैँ खुसी हुनु, एउटा राम्रो परिवार बसाउनु जहाँ केवल माया नै माया मात्र रहोस् । अलविदा मदन

उही तिम्री अभागी प्रेमीका

म्यासेज पढिरहँदै मदनको मुटु जोडले ढड्किन थालेको थियो । दुखःका अनेक हण्डर खाँदा पनि हरेस र निराश नभएको मदन सूकृतिको कदमले हतास् हुन्छ । उसको अगाडी कालो धब्बा बाहेक केही देख्दैन । संसार भासिए जस्तो भयो । उसका अघिल्तिरका घडीका सुई रोकिए । मङ्सिर महिनामा घामको न्यानो तापमा पनि उसलाई हजार भोल्टेजको ज्वारभाटा आए जस्तो भयो । भक्लक्लै बसेकै ठाउैबाट भूइमा बजारियो । कार्यालयका सहकर्मीहरु अत्तालिँदै आए । हतार हतार एम्बुलेन्समा राखियो ।

हुईहुईहुई‘‘एम्बुलेन्सको साईरन बज्दै गर्दा मदनका अन्तरआत्माले सूकृतिको आवाज सुन्यो ‘‘मदन आऊ न मलाई लैजाउ, म तिमी विना अपुरो अधुरो छु’ एम्बुलेन्स अस्पतालको गेटबाट छिर्दै गर्दा मदनले पनि आँखाका कोषबाट एक थोपा आँसु बिस्तारै निकाल्दै हँसिलो मुहार बनाएर सदाका लागि आँखा चिम्लियो ।

यो कथा कसैको जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।