Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

आज पहिलो चरणको चुनावको लागि मनोनयन दर्ता हुँदै (सुची सहति)

Sunday, October 22, 2017 National Power

५ कात्तिक, काठमाडौँ – पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ३२ जिल्लामा आज उम्मेदवारको मनोनयन हुँदैछ। ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशतर्फका ७४ निर्वाचन क्षेत्रमा आज मनोनयन हुँदैछ।

पहिलो पटक गठबन्धनको घोषित अभ्यासमा जुटेका दलहरुले सोही अनुसार उम्मेदवारी दर्ता गर्दैछन्। तर, गठबन्धनमा आवद्ध दलहरुको चुनाव चिह्न भने आ–आफ्नै छ। बाम गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय जनमोर्चालगायतका दलहरु आवद्ध छन्। लोकतान्त्रिक गठबन्धनमा कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति नेपाल लगायतका पार्टी सामेल छन्।

एकाध स्थानबाहेक दुबै गठन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका सबै उम्मेदवार टुंगो लगाएका छन्। वाम गठबन्धनमा एमालेको भागमा रहेको सिन्धुपाल्चोक १, र बाग्लुङको एक क्षेत्रमा उम्मेदवारको अन्तिम निर्णय लिएको छैन। माओवादीले पनि बाग्लुङको एक क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छैन।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट मुस्ताङ र रसुवामा उम्मेदवारको निर्णय लिइसकेको छैन।