Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मेसीको जादुमयी प्रदर्शनमा अर्जेन्टिना विश्वकपमा स्थान बनाउन सफल

Wednesday, October 11, 2017 National Power

२५ असोज, क्वोटो- लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले इक्वेडरलाई हराएको छ र रुस विश्वकपमा छनोट भएको छ ।

बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो ।

तर, अर्जेन्टिना खेलमा फर्कियो । १२ औं मिनेटमा बराबरी गोल गरेका मेस्सीले २० औं मिनेटमा दोस्रो गोल गरे । ६२ औं मिनेटमा ह्याट्रिक गर्दै अर्जेन्टिनाको जित सुरक्षित पारे ।

यो जितसँगै अर्जेटिना २८ अंकका साथ तेस्रो भयो ।