Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपाल–भारत प्रवुद्ध समुहको बैठकमा १९५० को सन्धीका विषयमा गम्भीर छलफल

Monday, October 9, 2017 National Power

२३ असोज, काठमाण्डौ – परराष्ट्रविद भेष बहादुर थापाले नेपाल–भारत प्रवुद्ध समुहको पाँचौ बैठकले दुवै देशले सकारात्मक दृष्टीकोण राखेर समस्याका समाधान गर्ने निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दे थापाले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिदै दुवै पक्षले १९५० को सन्धीदेखि भारत–नेपाल सम्बन्ध भएका सबै विषयका बारेमा छलफल भएको बताए ।

नेपालले स्पष्ट रुपमा आफ्ना धारणा राखेको जानकारी दिदै थापाले भने, “नेपाली पक्षले राखेको कुरामा भारतीय पक्ष सकारात्मक छ । दुवै पक्षले एउटै अवधारणालाई अङ्गालेको छ ।”
सन् १९५० को सन्धीलाई के गर्ने विषयमा छलफल भएको बताउँदै थापाले त्यसमा भएका असान्र्दभिक कुराहरुलाई हटाएर समसामयिक कुरालाई समावेश गर्ने सहमति भएको बताएका छन् । उक्त सन्धीलाई विस्थापित गरी नयाँ प्रावधानको बाटोमा लाग्ने भन्नेसम्मको छलफल भएको थापाले दाबी गरेका छन् ।
“विगतमा भएका विसङ्गतीहरुलाई हटाउने विषयमा सहभति भएको छ ।” थापाले भने ।बैठकले दुई देशबीचको खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

आइतबार सकिएको ईपीजीको पाँचौँ बैठकमा खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्रको व्यवस्था गर्नु उपयुक्त हुने ठहर दुवै पक्षले गरेका हुन् । प्रबुद्ध व्यक्ति समूहमा नेपालतर्फ संयोजकसमेत रहेका थापाले दुई देशबीचको खुला सीमा बन्द गर्ने नभई नियमन र व्यवस्थित गर्ने विषयमा सहमति जुटेको बताए ।

‘खुला सीमामा देखिएका विकृति हटाउन सीमा बन्द गर्ने होइन कि नियमनमा जानुपर्छ भन्नेमा हामी करिब–करिब निष्कर्षमा पुगेका छौँ । सीमालाई बढी सुरक्षित बनाउनु आवश्यक छ’, थापाले भने । छलफलले कुनै पनि विषयमा अन्तिम टुङ्गो भने लगाउन नसकेको थापाले बताए ।