Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

मनोनयन दर्ता गराएकाहरुले आज उम्मेदवारी फिर्ता लिन सक्ने:निर्वाचन आयोग

Friday, September 8, 2017 National Power


२३ भदौ, काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको प्रारम्भिक नामावली (शुक्रबार) आज सार्वजनिक गर्दैछ। नामावली उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयमा नै प्रकाशित गरिने जनाइएको छ। आफ्नो नाम फिर्ता लिन चाहनेहरुले आजै फिर्ता लिन सक्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगका अनुसार ६ हजार ६२७ पदका लागि करिब ३६ हजार उम्मेदवारी परेको छ। शनिबार उम्मेदवारको अन्तिम नामाववली प्रकाशित गरी सोही दिन उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने कार्यतालिका छ। प्रदेश नम्बर २ अन्तर्गत ८ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ। बाँकी ६ वटा प्रदेशमा भने यसअघि नै निर्वाचन भइसकेको छ।