Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेशनल पावरन्युज एजुकेशन अवार्डको मनोनयन सार्वजनिक

Monday, September 4, 2017 National Power

नेपालकै पहिलो शैक्षिक अवार्ड नेशनल पावर न्युज एजुकेशन अवार्डको विधागत रुपमा उत्कृष्ठ १० को छनौट गरिएको छ । काठमाडाँै उपत्यकाका स्कुल तथा कलेजहरुले उक्त अवार्ड कार्यक्रमको लागि आवेदन दिएका थिए । मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.ली. को कार्यालय डिल्लीबजारमा ३ सदस्यीय निर्णायक मण्डलले विभिन्न विधामा उत्कृष्ठ १० को मनोनयन छनौट गरेका हुन् ।

गत असार २४ गते रिर्पोटर्स क्लबमा एक कार्यक्रमकको आयोजना गरी एजुकेशन अवार्ड कार्यक्रमको घोषणा गरेको थियो । जस्लाइ अनलाइन न्युज पोर्टल नेशनल पावरन्युज डट कमले प्रस्तुत गरेको छ ।

उत्कृष्ट विद्यालय, उत्कृष्ट कलेज, उत्कृष्ट विद्यार्थी (स्कुल÷कलेज), उत्कृष्ट प्रिन्सिपल (स्कुल÷कलेज), उत्कृष्ट रिजल्ट (स्कुल÷कलेज), उत्कृष्ट म्यानेजमेन्ट (स्कुल÷कलेज), उत्कृष्ट खेल (स्कुल÷कलेज) गरी १२ विधामा प्रतिष्पर्धा गराईनेछ भने जुरी अवार्ड (स्कुल÷कलेज), प्रोत्साहन अवार्ड (स्कुल÷कलेज) र एसएमएस भोटिङको आधारमा पपुलर अवार्ड (स्कुल÷कलेज) वितरण गरिने आयोजक कमिटिका अध्यक्ष माधव राज खरेलले जानकारी दिए ।

विभिन्न विधामा उत्कृष्ट १० मा परेका स्कुल तथा कलेजहरुलाई आगामी भाद्र २० गते प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । भने कार्यक्रमको अन्तिम फाइनल आगामी कार्तिक १८ गरिने भएको छ ।

एसएमएस भोटिङको लागि उत्कृष्ट १० मा परेका सम्पुर्ण स्कुल तथा कलेजहरुलाइ समावेश गरिएको छ ।

एसएमएस भोटिङको लागि सबै विधाहरुमा परेका सम्पुर्ण स्कुल तथा कलेजहरुलाइ समावेश गरिएको छ ।

एसएमए भोटिङको लागि मोबाइलको म्यासेज बक्समा गइ npn स्पेस स्कुल कलेजको कोड नं टाइप गरी ३८६८७ मा पठाउन सक्नुहुनेछ ।

एसएमएस भोटिङको लागि मनोनयनमा परेका स्कुल तथा कलेज र विभिन्न विधामा उत्कृष्ट १० मा पर्न सफल स्कुल तथा कलेजको नामावालीहरु निम्न प्रकारका छन् ।

 

Logo Animation