Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

आत्मघाती आक्रमण हुदा सात जनाको मृत्यु, १२ घाइते

Sunday, September 3, 2017 National Power

१८ भदौ, – इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा शनिबार गरेको आक्रमणमा परी सात जनाको ज्यान गएको छ । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको यस आक्रमणमा परी सात व्यक्तिको ज्यान गएको साथै अन्य १२ घाइते भएका इराकी अधिकारीले जानकारी दिएका छन ।

राजधानी बग्दादबाट झण्डै एक किलोमिटरमा उत्तरमा रहेको समार्रा क्षेत्रमा अवस्थित ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीहरुले सजिलै प्रवेश गरेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणमा परी सातको जनाको ज्यान जानुका साथै अन्य १२ घाइते भएका प्रहरीले पुष्टि गरेको छ । यस हमलामा आत्मघाती आक्रमण र गोली प्रहार समेत गरिएको बताइएको छ ।यस आक्रमणबाट कैयौँ ट्यांकर ट्रक क्षति भएको र आत्मघाती आक्रमणकारीहरु मध्ये एक भूइँमा लडेर रहेका समाचारदाताहरुले जानकारी दिएका छन् ।