Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

पूर्वी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

Friday, September 1, 2017 National Power

१६ भदौ, काठमाडौं – अझै केही दिन मनसुन सक्रिय रहने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईका क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ । पूर्वी क्षेत्रका नदी तथा खोलामा बाढी आउने अनुमान छ ।
मनसुन सक्रिय भएकाले अझै केही दिन देशभरको मौसम यस्तै रहने मौसमविद् समिर श्रेष्ठले बताए । मुख्य गरी अबको २४ घण्टामा चुरे र महाभारतबाट बहने खोलानालामा पानीको सतह बढ्ने पूर्वानुमान शाखाले जनाएको छ । कोसी, गण्डकी, काली र महाकालीमा पानीको बहाब बढे पनि खतरा भने नभएको शाखाले जनाएको छ । तर पूर्वको झापा देखि पश्चिमको कञ्चनपुरसम्मका कन्काई,कमला, बागमती, तिनाउ, पश्चिम राप्ती बबई, मोहना लगायत नदीमा बाढी आउन सक्ने सम्भावना हुँदा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।