Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

श्रीमती र छोरी बेच्ने पक्राउ

Sunday, August 27, 2017 National Power

११ भदौ, दोलखा – प्रहरीले आफ्नै श्रीमती १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई पक्राउ गरेको छ ।

सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका काका नाता पर्ने दुईजनाको सहयोगमा सोही स्थानमा बिक्री गरेको स्वीकार गरेका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी एक महिलालाई ललाइफकाइ भारतको नयाँदिल्ली पु¥याएर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले नुवाकोट जिल्ला खरानीटार–५ का निरकुमार नेपालीलाई पक्राउ गरेको हो । पक्राउपछि नेपालीलाई सोधपुछ गर्दा आफूले हालसम्म दुईजना महिलालाई बेचिसकेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।ती महिलालाई निरकुमारले बिहे गरेर राम्रोसँग काठमाडौँमा राख्ने र भविष्य राम्रो बनाइदिने भन्दै ललाइफकाइ गरी दिल्ली पु¥याएर दिल्लीस्थित मजनुकातिला भन्ने स्थानमा बस्ने नेपाली भाषी लक्ष्मी तामाङसँग भारु १ लाख ३५ हजारमा बिक्री गरेको उनले बयान दिएको प्रहरीले बताएको छ