Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

परदेशीको कहानीमा दशैँ गीत सार्वजनिक (भिडियो सहित)

Friday, August 25, 2017 National Power

९ भदौ, काठमाडौं– नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।

सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो ।

‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने गायक बिरही कार्कीको लय सिर्जनागरेका हुन् ।

गीको म्युजिक भिडियोतर्फ कुमार केसीको निर्देशनमा नायिमा तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतममा सशक्त अभिनय रहेको छ भने रन्जिता र महेन्द्रलाई बालकलाकार बिशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन् ।

गीतमा परदेशीको कहानी समावेश रहेको छ । आफू मुग्लानमा हुँदा पाएको दुःख मुग्लान जाँदा साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पिडा उतारिएको छ । जसमा हिन्दुहरुको महान पर्व दशैँ र तिहार जस्तो ठूलो चाडमा परिवारबाट टाढा रहनु पर्दाको पिडा र साहुको कचकचिलाई देखाईएको छ ।

गीतलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने अनुप शिवाकोटीले सम्पादन गरेका हुन् । जसलाई सुनखानी म्युजिक प्रालिले नै बजार व्यवस्थापन गरेको छ ।

(भिडियो)