Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

दुई किलो सुनसहित तीन पक्राउ

Monday, August 21, 2017 National Power

५ भदौ, नेपालगन्ज – प्रहरीले नेपालगन्जस्थित रोयल प्यालेस होटलबाट करिब दुई किलो ३०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । सुराकीको आधारमा गएराति अबेर सो होटलको कोठा नं २०३ मा छापा मारेर प्रहरीले बाँके बैजापुरका मंगलप्रसाद थारु, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सुनसहित पक्राउ गरेको हो ।

क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोको टोलीद्वारा छापा मारी बरामद गरिएको सो सुन र पक्राउ आरोपीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।