५ भदौ, नेपालगन्ज – प्रहरीले नेपालगन्जस्थित रोयल प्यालेस होटलबाट करिब दुई किलो ३०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । सुराकीको आधारमा गएराति अबेर सो होटलको कोठा नं २०३ मा छापा मारेर प्रहरीले बाँके बैजापुरका मंगलप्रसाद थारु, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सुनसहित पक्राउ गरेको हो ।
क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोको टोलीद्वारा छापा मारी बरामद गरिएको सो सुन र पक्राउ आरोपीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।