Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

पोखरीमा डुबेर बालकको मृत्यु

Sunday, August 20, 2017 National Power

४ भदौ, सिरहा – सिरहाको लहान नगरपलिका– १३ दम्दाह टोलमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घरबाट शनिबार दिउँसो खेल्न निस्किएका स्थानीय जगवीर यादवको आठ वर्षीय छोरा राजु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो । राजु साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट १० मिटर टाढाको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।