Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पोखरीमा डुबेर बालकको मृत्यु

Sunday, August 20, 2017 National Power

४ भदौ, सिरहा – सिरहाको लहान नगरपलिका– १३ दम्दाह टोलमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घरबाट शनिबार दिउँसो खेल्न निस्किएका स्थानीय जगवीर यादवको आठ वर्षीय छोरा राजु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो । राजु साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट १० मिटर टाढाको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।