Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विभाजन भएर गठित राप्रपा प्रजातान्त्रिक दर्ताका लागि आयोगले हस्ताक्षर संकलन गर्दै

Sunday, August 13, 2017 National Power


२९ साउन, काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)विभाजन भएर गठित राप्रपा प्रजातान्त्रिक दर्ताका लागि परेको निवेदनमा आइतबार हस्ताक्षर संकलन गर्ने भएको छ। पशुपति शमशेर राणाको नेतृत्वमा नयाँ दल दर्ताका लागि साउन २२ गते निवेदन परेपछि आयोगले हस्ताक्षर संकलन गर्न लागेको हो। आयोगले राणालाई पत्र पठाउँदै निवेदनमा समर्थन जनाउने केन्द्रीय सदस्य र सांसदलाई सक्कल नागरिकतासहित हस्ताक्षरका लागि आयोगमा उपस्थित हुन भनेको छ। पार्टी विभाजनका लागि ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद हुनु आवश्यक छ। राप्रपाको केन्द्रीय कार्यसमितिमा आयोगले १५६ सदस्यीय मानेको छ। नयाँ पार्टीको मान्यता पाउन राप्रपा प्रजातान्त्रिकको पक्षमा कम्तिमा ६२ केन्द्रीय सदस्यले हस्ताक्षर गर्नु आवश्यक छ। यसका अलावा १४ सांसदको हस्ताक्षर आवश्यक भए पनि राप्रपा प्रजातान्त्रिकले आफूसँग १९ सांसद रहेको दाबी गर्दै आएको छ। गत वर्ष राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो, त्यसको एक वर्ष बित्न नपाउँदै पार्टी विभाजन भएको हो।