Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मधेशको कथामा चलचित्र संरक्षण

Saturday, August 12, 2017 National Power

पछिल्लो केही महिनायता प्रत्येक हप्ता दुईवटा फिल्म एकसाथ हलमा लाग्ने गरेका छन् । कतिपय हप्ता त तीनवटासम्म फिल्म रिलिज हुने गर्छन । तर, यस हप्ताको शुक्रवार भने एक नेपाली फिल्मले मात्र प्रदर्शनमा आरम्भ गरेका छ । निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ले शुक्रवारबाट आफ्नो प्रदर्शन सुरु गरेको हो ।
म​धेश​को कथालाई मुख्य​ बिष​य​ ब​नाएर​ निर्माण​ भ​एको फिल्म​ले म​धेश​ मुद्वालाई स​म्बोध​न​ ग​र्ने निर्माण​ पक्षको भ​नाई छ​। चित​व​न​मा ग​रेको प्रिमिय​र शो मा फिल्म​लाइ स​बैले रुचाएको थियो। शुक्र​वार राज​धानीमा निर्माण​ पक्षले मिडियालाई फिल्म​ देखाईएको थियो। फिल्म हेरिस​के प​छि स​बैले राम्रो भ​एको ​प्र​तिक्रिया दिएका छ​न।म​ल्टिस्टार​ र​हेको फिल्म​ द​र्श​कह​रुको आशाको फिल्म​ प​नि हो।
पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।