Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

एकै चरणमा दुवै निर्वाचन : सरकार

Tuesday, August 8, 2017 National Power

२४ साउन, काठमाण्डौ – माघ ७ भित्र दुवै (प्रदेशसभा र प्रतिनिधि सभासदस्य ) निर्वाचन सम्पन्न गर्न सरकार, राजनीतिक दल र निर्वाचन आयोग सहमत छन् । त्यसका लागि उनीहरु आ–आफ्नो पक्षबाट तयारी समेत गरिरहेका छन् । तर, दुवै निर्वाचन एक वा दुई चरणमा गर्ने भन्नेमा भने आयोग र सरकारवीच अझै मतभेद कायमै छ ।

सरकारले दुवै निर्वाचन एकै चरणमा गर्न आयोगलाई दवाव दिइरहेको छ भने आयोगले एकै चरणमा निर्वाचन गर्न कठिन हुने भएकाले दुई चरणमा गर्नुपर्ने बताउदै आएको छ । आयोगले दुवै निर्वाचन एकै पटक गर्नेभए विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याउनुपर्ने बताएको छ ।

तर, विद्युतीय मेसिन प्रयोग गर्न समय लाग्ने भएकाले आयोगको यो प्रस्ताव सरकारले अस्वीकार गरेको प्रधानमन्त्री शेरबहादुर देउवा निकट श्रोतले बताएको छ ।

दुई चरणमा निर्वाचन गर्दा खर्चिलो र मतदातालाई झण्झटिलो हुने भएकाले सरकारले एकै चरणमा निर्वाचन गर्नतर्फ आयोगको ध्यानाकर्षण गराएको निर्वाचन आयोगका प्रवक्ता शर्माले बताए । उनले भने ‘हामीले दुई चरणमा गर्दा सजिलो हुन्छ भनेर सरकारलाई भनेका छौ । निर्णय गर्ने अधिकार सरकारकै हातमा छ ।’