Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

एकै चरणमा दुवै निर्वाचन : सरकार

Tuesday, August 8, 2017 National Power

२४ साउन, काठमाण्डौ – माघ ७ भित्र दुवै (प्रदेशसभा र प्रतिनिधि सभासदस्य ) निर्वाचन सम्पन्न गर्न सरकार, राजनीतिक दल र निर्वाचन आयोग सहमत छन् । त्यसका लागि उनीहरु आ–आफ्नो पक्षबाट तयारी समेत गरिरहेका छन् । तर, दुवै निर्वाचन एक वा दुई चरणमा गर्ने भन्नेमा भने आयोग र सरकारवीच अझै मतभेद कायमै छ ।

सरकारले दुवै निर्वाचन एकै चरणमा गर्न आयोगलाई दवाव दिइरहेको छ भने आयोगले एकै चरणमा निर्वाचन गर्न कठिन हुने भएकाले दुई चरणमा गर्नुपर्ने बताउदै आएको छ । आयोगले दुवै निर्वाचन एकै पटक गर्नेभए विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याउनुपर्ने बताएको छ ।

तर, विद्युतीय मेसिन प्रयोग गर्न समय लाग्ने भएकाले आयोगको यो प्रस्ताव सरकारले अस्वीकार गरेको प्रधानमन्त्री शेरबहादुर देउवा निकट श्रोतले बताएको छ ।

दुई चरणमा निर्वाचन गर्दा खर्चिलो र मतदातालाई झण्झटिलो हुने भएकाले सरकारले एकै चरणमा निर्वाचन गर्नतर्फ आयोगको ध्यानाकर्षण गराएको निर्वाचन आयोगका प्रवक्ता शर्माले बताए । उनले भने ‘हामीले दुई चरणमा गर्दा सजिलो हुन्छ भनेर सरकारलाई भनेका छौ । निर्णय गर्ने अधिकार सरकारकै हातमा छ ।’