Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

ट्याक्टर खोलामा डुब्दा झण्डै दुई लाख मूल्य बराबरको पसलको सामान नष्ट

Monday, August 7, 2017 National Power

२३ साउन, बर्दिया – बर्दियाको भुरीगाउँ ठाकुरद्धारा सडकखण्ड अन्तर्गत पर्ने ओराही खोलामा बाढी आउँदा आइतबार दुई वटा ट्याक्टर खोलामा डुबेको छ ।

ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजारबाट बकुवा बजारमा पसलको सामान लिए जाँदै गरेको गगन सुनारको भे १ त ६७०७ र नारायण सापकोटाको ७०१७ नम्बरको ट्याक्टर डुबेको स्थानीय बासिन्दाले जानकारी दिए ।बजारबाट सामान लिएर जाँदै गर्दा खोलामा ट्याक्टर डुबेको र झण्डै दुई लाख मूल्य बराबरको पसलको सामान पनि नष्ट भएको छ । खोलामा बाढी घटेलगत्तै स्काभेटरको सहयोगबाट ट्याक्टर निकाल्ने तयारी भैरहेको छ ।