Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पुनः चुनाव गर्न भरतपुर १९ मा सर्वोच्चको आदेश

Monday, July 31, 2017 National Power

१६ साउन, काठमाडौं – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले फेरि चुनाव गर्ने निर्णय गरेको थियो ।फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते सर्वोच्चमा रिट हालेका थिए । त्यो रिटमाथि सुनवाई गर्दै न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै फेरि चुनाव गर्न आदेश दिएको हो । पटक पटक रोकिएको यो मुद्दामा आइतबार रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले जवाफी बहस गरेका थिए ।

कुल २८१८ मत खसेको भरतपुरको १९ नम्बर वडामा १८ सय मत गनेर सकिएर अन्तिम हुँदै गर्दा मेयरमा माओवादी उम्मेदवार रेणु दाहालको पक्षमा सोचेजति मत नआएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका दुईजना गणना प्रतिनिधिलाई तत्काल गिरफ्तार गरी चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थिया । पछि उनीहरु धरौटीमा रिहा भएका थिए। २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो । गणनाको अन्तिम नतिजा आउँदासम्म एमालेका ज्ञवाली माओवादीकी दाहालभन्दा ७ सय ३३ मतले अघि थिए ।

रिटको पक्षमा बहस गर्ने वकिलहरुले पुनः मतदान गर्ने योजना अनुरुप भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेको भन्दै यस्तो अपराधकर्मलाई प्रोत्साहन गर्ने गरी फैसला गर्न नहुने जिकिर गरेका छन् । मतगणनास्थल कब्जा भएको नदेखिएकाले गलत कामको नजिक बस्न नदिनेगरी निर्णय हुनुपर्ने उनीहरुले माग गरेका थिए । तर सर्वोच्च अदालतले मतगणनास्थल कब्जा भएको भन्दै फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयलाई नै सदर गरेपछि भरतपुर १९ मा पुन मतदान हुने भएको हो ।