Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

लागू औषधसहित दुई पक्राउ

Sunday, July 16, 2017 National Power

१ साउन, झापा – झापा जिल्लाको मेचीनगरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–१०, धुलाबारीका २८ वर्षीय बैजु सहनी र भारत, जलपाइगडी बस्ने ३१ वर्षीय सञ्जीव राई पक्राउ परेका हुन् ।

सहनीलाई मेचीनगर–७ मा रहेको कालिखोलाबाट शनिबार अपरान्ह ब्राउन सुगरसहित पक्राउ गरिएको र राईलाई मेचीनगर–६, मुलगेटबाट शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । पक्राउ परेका सहनीको साथबाट प्रहरीले ९.७ मिली ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिको छ भने राईको साथबाट प्रहरीले २४ चक्की लागूऔषध नाइट्रोजन ट्याब्लेट फेला पारेको छ ।

सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।