Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

आयोगलाई फोटोसहितको मतदाता नामावली संकलनको समय बढाउन दबाब

Saturday, July 15, 2017 National Power

३१ असार, काठमाडौं – निर्वाचन आयोगलाई फोटोसहितको मतदाता नामावली संकलनको समय बढाउन दबाब परेको छ ।

आयोगले साउन १ देखि १५ गतेसम्म स्थायी ठेगानाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने निर्णय गरिसके पनि यो अवधि कम्तिमा १५ दिन बढाउन र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्न सक्ने ब्यवस्था गर्न दबाब बढेको हो ।राजनीतिक दलहरुले आयोगका पदाधिकारीलाई भेटेरै नामावली संकलनको अवधि कम्तिमा साउन भरि बनाउन, ७ सय ४४ वटै स्थानीय तहबाट नाम दर्ता गर्न मिल्ने ब्यवस्था गर्न र सबैजनालाई स्थायी ठेगाना भएको ठाउँमा जान असम्भव भएकाले आफू रहेकै ठाउँबाट नाम दर्ता गर्ने ब्यवस्था मिलाउन आग्रह गरेपछि आयोगलाई दबाब बढेको हो ।

निर्वाचन आयोगले सूचना निकालेर १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका ब्यक्तिलाई नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जान आग्रह गरेको छ । यसअघि नाम भए पनि केही त्रुटी भएर सच्याउनुपर्ने भए आइतबारदेखि साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने आयोगले जनाएको छ । आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरि फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो ।