Thursday 25th February 2021

    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ    सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ

पहिरोले घर पुर्दा एकजनाको मृत्यु, २ बेपत्ता

Sunday, July 2, 2017 National Power


१८ असार, पर्वत – अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा पर्वतको महाशिला गाउँपालिका–१ मा गएराति एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

पहिरोले घर बगाउँदा ६३ वर्षीय तीर्थबहादुर मल्लको ज्यान गएको हो। उनकी आमा ८० वर्षीया बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको खोजीका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले तीर्थबहादुरको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए।

घरमाथिबाट आएको पहिरोलो मल्लको घर र गोठ पुरेको थियो। पहिरोकै कारण सोही ठाउँका तिलबहादुर मल्लको गोठ पुरिएको छ। यसैगरी वर्षाकै कारण गएराति विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग पनि आइतबार बिहानदेखि सुचारु भएको छ। राति नै डोजर लगेर पहिरो पन्छाएको प्रहरीले जनाएको छ।