Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

उत्साहपूर्ण रुपमा मतदान हुदै बर्दियामा

Wednesday, June 28, 2017 National Power

१४ असार, बर्दिया – प्रदेश नम्बर ५ को बर्दियामा उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ । एमाले नेता वामदेव गौतमको गृहजिल्ला बर्दियाका ८ वटै स्थानीय तहमा मतदान भइरहेको छ ।

बर्दियाका गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकामा मतदान सुरु भएको हो ।

यस्तै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बाँगसढी नगरपालिकाको त्रिभूवन मावि पकौरा मदतान केन्द्रबाट मतदान गरेका छन ।