Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

निर्वाचनको समाचार सङ्कलन गर्न सूचना विभागको पासले पनि सकिने

Tuesday, June 27, 2017 National Power

१३ असार, काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा सञ्चारकर्मीलाई निर्वाचनको समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको छ ।

यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा मतदान र मतगणनाको समाचार सङ्कलनका लागि आयोगले विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीको परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा हुँदैछ ।

निर्वाचनको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत गरिएको छ ।