Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मुग्लिन–नाराणगढ सडकखण्डमा फेरीपहिरो गयो रातिदेखि बाटो अवरुद्ध

Sunday, June 25, 2017 National Power

११ असार, चितवन – गएरातिदेखि अवरुद्ध भएको मुग्लिन–नाराणगढ सडकखण्ड अझै खुलेको छैन । यो सडकखण्ड अन्तर्गत सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो खुलाउन समस्या भएको छ ।

पहिरो पन्छाउने काम भइरहेको छ तर अझै ३-४ घण्टा लाग्ने मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ । पहिरो खस्दा रातिदेखि यो सडकखण्ड अवरुद्ध छ । हजारौँ गाडी बिच बाटोमा अलपत्र परेका छन् भने यात्रुहरुले सडक छेउछाउ र गाडी भित्र रात बिताएका छन् ।

पहिरोका कारण गाडीको लामो लाइन लागेको छ । गाडी कतिबेला चल्ने र सुरक्षित गन्तव्यमा पुग्ने नपुग्नेमा यात्रु अन्यौलमा परेका छन् । गएको शुक्रबार कालीखोलामा गएको पहिरोले प्रहरीको भ्यान बगाएको थियो । दुई प्रहरीको शव भेटिए पनि दुईको अझै अवस्था पत्ता लागेको छैन ।सामान्य झरी पर्दा पनि पहिरो खसेर बाटो अवरुद्ध हुन थाले पनि यात्रुहरु त्रसित बनेका छन् । यो बाटो हुँदै दोस्रो चरणको चुनावमा भोट हाल्न गाउँघर जानेहरु समेत बाटोका कारण अलमलमा परेका छन् । आयोजनाले भने जोखिम बढेकाले वैकल्पिम मार्ग प्रयोग गर्न आग्रह गर्दै आएको छ ।