Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

बझाङमा एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप हुदा दुवै पक्षका गरी २० कार्यकर्ता घाइते

Saturday, June 24, 2017 National Power

१० असार, बझाङ – नेकपा एमाले र कांगे्रसका कार्यकर्ता बिच झडप हुँदा बझाङको सुनकुडा बजार तनावग्रस्त भएको छ । चिर बिथ्थड गाउँपालिकाको सुनकुडामा शुक्रबार बेलुका झडप हुँदा एमाले र कांग्रेसका कम्तिमा २० कार्यकर्ता घाइते भएका छन् ।

झडपको क्रममा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्ताले प्रयोग गरेको म १ प ८००६ नम्बरको मोटरसाइकल जलाइएको अनेरास्ववियुका जिल्ला अध्यक्ष हरिस खड्काले बताए ।नेकपा एमालेका कार्यकर्ता बागथलाबाट र्‍याली सहित फिर्ता भएर देउलेख कोण सभाका लागि जाने क्रममा सुनकुडामा नेपाली कांगे्रसका र्याली भेटिएपछि झडप भएको हो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री नरेश बहादुर सिंहले आफूहरुको सभा भइरहेको ठाउँमा एमालेको र्‍याली आएको र उनीहरुले ढुंगा प्रहार गरेपछि झडप भएको बताए । प्रहरीले भने घटना सामान्य रहेको बताएका छ । एमाले र कांग्रेस दुवै पक्षले झडपका लागि एकअर्कामाथि दोष लगाएका छन् ।