Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

बझाङमा एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप हुदा दुवै पक्षका गरी २० कार्यकर्ता घाइते

Saturday, June 24, 2017 National Power

१० असार, बझाङ – नेकपा एमाले र कांगे्रसका कार्यकर्ता बिच झडप हुँदा बझाङको सुनकुडा बजार तनावग्रस्त भएको छ । चिर बिथ्थड गाउँपालिकाको सुनकुडामा शुक्रबार बेलुका झडप हुँदा एमाले र कांग्रेसका कम्तिमा २० कार्यकर्ता घाइते भएका छन् ।

झडपको क्रममा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्ताले प्रयोग गरेको म १ प ८००६ नम्बरको मोटरसाइकल जलाइएको अनेरास्ववियुका जिल्ला अध्यक्ष हरिस खड्काले बताए ।नेकपा एमालेका कार्यकर्ता बागथलाबाट र्‍याली सहित फिर्ता भएर देउलेख कोण सभाका लागि जाने क्रममा सुनकुडामा नेपाली कांगे्रसका र्याली भेटिएपछि झडप भएको हो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री नरेश बहादुर सिंहले आफूहरुको सभा भइरहेको ठाउँमा एमालेको र्‍याली आएको र उनीहरुले ढुंगा प्रहार गरेपछि झडप भएको बताए । प्रहरीले भने घटना सामान्य रहेको बताएका छ । एमाले र कांग्रेस दुवै पक्षले झडपका लागि एकअर्कामाथि दोष लगाएका छन् ।