Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै राजपाका केन्द्रीय उपाध्यक्ष सहित ६ जना पक्राउ

Thursday, June 22, 2017 National Power


८ असार, नवलपरासी– प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको भन्दै राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीसहित ६ जनालाई पक्राउ गरेको छ ।
सदरमुकामबाट उपाध्यक्ष चौधरीसहित राजपा जिल्ला संयोजक पुरन चौधरी, राधेरामण पाण्डे, विजय अग्रहरी, ओमप्रकाश चौधरी र अभिमन्यू यादवलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीलेप्रहरीले पक्राउ गरेको हो । दोस्रो चरणको स्थानीय निर्वाचनलाई बिथोल्ने र शान्ति सुरक्षामा असर पुर्याउने खालका काममा संलग्न रहेको प्रहरीको भनाई छ । राजपाले निर्वाचनको विरोध गर्दै आन्दोलन गरिरहेको छ । राजपाको विरोधका कारण सरकारले दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज २ गतेका लागि तोकेको छ ।