Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै राजपाका केन्द्रीय उपाध्यक्ष सहित ६ जना पक्राउ

Thursday, June 22, 2017 National Power


८ असार, नवलपरासी– प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको भन्दै राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीसहित ६ जनालाई पक्राउ गरेको छ ।
सदरमुकामबाट उपाध्यक्ष चौधरीसहित राजपा जिल्ला संयोजक पुरन चौधरी, राधेरामण पाण्डे, विजय अग्रहरी, ओमप्रकाश चौधरी र अभिमन्यू यादवलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीलेप्रहरीले पक्राउ गरेको हो । दोस्रो चरणको स्थानीय निर्वाचनलाई बिथोल्ने र शान्ति सुरक्षामा असर पुर्याउने खालका काममा संलग्न रहेको प्रहरीको भनाई छ । राजपाले निर्वाचनको विरोध गर्दै आन्दोलन गरिरहेको छ । राजपाको विरोधका कारण सरकारले दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज २ गतेका लागि तोकेको छ ।