Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

फाइल अड्काउने काम बन्द गर्न निर्देशन:मन्त्री साह

Wednesday, June 21, 2017 National Power

७ असार, काठमाडौँ – सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र सो अन्तर्गतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका निकायको कामकारबाहीबारे जानकारी लिएपछि बुधबार उनले आफ्नो टेबुलमा आएको फाइल तुरुन्त अघि बढाउन कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री साहले भने, “फाइल महिनौँ अड्काएर राख्ने गरेको गुनासो धेरै छ, हुने काम भए तुरुन्त अघि बढाइदिनुहोस्, नहुने काम भए कारण खोलेर जानकारी दिनुहोस्, क्षेत्राधिकार बाहिरको विषयवस्तु आए आफूभन्दा माथिल्लो निकायमा पठाइदिनुहोस् ।”