Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

देउवाको गृह जिल्लामा २० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरे

Monday, June 19, 2017 National Power

५ असार, डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार उमेदवारी दर्ताको काम सकिए संगै २० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।नेपाली कांग्रेस निकटका व्यक्तिहरुले पार्टीबाट टिकट प्राप्त नभएपछि बागी उम्मेदवारी दिएका हुन् ।स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सहित सदस्य पदमा समेत बागी उम्मेदवारी परेको जनाइएको छ ।

कुन नगरपालिका र गाउँपालिकामा कस्ले दिए बागी उम्मेदवारी:

अमरगढी नगरपालिका
अमरगढी नगरपालिकामा नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार नरभान पार्कीको उम्मेदवारी दर्ता भएको छ । उनी नेपाली कांग्रेस डडेल्धुराका क्रियाशिल सदस्य हुन् ।वडा अध्यक्ष पदमा बागी उम्मेदवारी दिनेहरुमा वडा नं. १ बाट पुष्पराज जोशी, वडा नं.३ बाट वीर बहादुर ऐर, वडा नं. ४ बाट तेज बहादुर बोहरा र गगन सिंह बिष्ट, वडा नं.६ बाट बलराम भट्ट र वडा नं. ९ बाट नर बहादुर पाल रहेका छन् । यसैगरि वडा नं. ७ बाट खुला सदस्यमा गणेश सिंह साँकीले समेत उम्मेदवारी दिएका छन् ।
परशुराम नगरपालिका
परशुराम नगरपालिकामा त्रिभुवन विश्वविद्यालयका नेविसंघ पुर्व सदस्य विजय कुमार बोहराले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुखमा लाल बहादुर दमाईको उमेदवारी रहेको छ भने वडा नं. १० को अध्यक्षमा नेपाली कांग्रेसका मिन बहादुर बोहराले स्वतन्त्र उमेदवारी दिएका छन् ।
अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिका बाट ७ जनाले बागी उम्मेदवारी दिएका छन् । गाउँपालिका अध्यक्षका लागि त्रिभुवन विश्व विद्यालयका पुर्व स्ववियु सभापति लोकराज भट्ट र नेपाली कांग्रेस जिल्ला समिति सदस्य लोकराज भट्टले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्षमा कृष्ण बहादुर बिष्ट र शिवराज शाहले उम्मेदवारी दर्ता गराएको जनाइएको छ । यस्तै वडा नं.१ बाट अध्यक्ष पदमा भुवन सिंह ताम्राकार र वडा नं. ५ बाट देवराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
भागेश्वर गाँउपालिका
भागेश्वर गाँउपालिका ५ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्य गोपाल नाथले वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने नवदुर्गा गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्य टेक बहादुर साउँदले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।