Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

भरतपुरमा मतदान विवादबारे आज सुनुवाई नभ्याएपछि आउने मंगलबार हुने

Sunday, June 11, 2017 National Power

२८ जेठ, काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा मंगलबार सुनुवाई हुने भएको छ ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । त्यो निर्णय बदर गर्न माग गर्दै परेको रिटमा न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा पेशी तोकिएको भए पनि आइतबार यो मुद्दा हेर्न भ्याइएको थिएन ।

यो मुद्दामा अब आउने मंगलबार सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले गत २२ गते आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै दुबै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो ।

आयोगको निर्णय विरुद्ध भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । आयोगले फेरि मतदान गर्ने निर्णय गरे पनि सर्वोच्चको आदेशका कारण मिति तोक्न सकेको छैन ।