Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भरतपुरमा मतदान विवादबारे आज सुनुवाई नभ्याएपछि आउने मंगलबार हुने

Sunday, June 11, 2017 National Power

२८ जेठ, काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा मंगलबार सुनुवाई हुने भएको छ ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । त्यो निर्णय बदर गर्न माग गर्दै परेको रिटमा न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा पेशी तोकिएको भए पनि आइतबार यो मुद्दा हेर्न भ्याइएको थिएन ।

यो मुद्दामा अब आउने मंगलबार सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले गत २२ गते आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै दुबै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो ।

आयोगको निर्णय विरुद्ध भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । आयोगले फेरि मतदान गर्ने निर्णय गरे पनि सर्वोच्चको आदेशका कारण मिति तोक्न सकेको छैन ।