Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्रहरी र स्थानीय बासिन्दाबिच झडप,दुई राउण्ड हवाइ फायर

Saturday, June 3, 2017 National Power

२० जेठ, बारा – बाराको सिम्रौनगढ नगरपालिका १ मा शनिबार दिउँसो एक जना अपराधीलाई पक्राउ गर्न खोज्दा प्रहरी र स्थानीय बासिन्दाबिच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई राउण्ड हवाइ फायर पनि गरेको छ ।

सिम्रौनगढ नगरपालिका–१ नन्सगराघाटका ३५ वर्षका हरेन्द्र मुखियालाई पक्राउ गर्ने क्रममा स्थानीय बासिन्दासँग झडप भएको बाराका प्रहरीले बताए । झडपका क्रममा इलाका प्रहरी सिम्रौनगढमा कार्यरत एक प्रहरी जवान घाइते भएका छन् । घाइतेको टाउकोमा चोट लागेको छ । उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

डाँका मुद्दामा अदालतबाट सजाय पाइ फरार रहेका मुखियालाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक लालसर्ब श्रीबहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीमाथि स्थानीय बासिन्दाले आक्रमण गर्न थालेपछि प्रतिरक्षाका लागि हवाइ फायर गर्नु परेको प्रहरीले बताए ।

झडपपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप जनशक्ति परिचालन गरिएपछि स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । २०७३ सालमा बाराको बेल्दारीका कन्हैयालाल यादवको साथमा रहेको नगद र सुन लुटपाट भएको घटनामा बारा जिल्ला अदालतले मुखियालाई दोषी ठहर गरेको थियो ।