१५ जेठ, काठमाडौं – सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने निर्णय भएको छ ।
गणतन्त्र दिवस २०७४ को अवसरमा ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ ।
जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारससँगै कीर्तिमानी धावक तथा प्रशिक्षक हरिबहादुर रोकायलाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गरिनेछ । यो मानपदवी ५ जनाले पाउनेछन् । क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालाई प्रबल जनसेवाश्री मानपदवी प्रदान गरिने भएको छ ।