Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बार्सिलोनालाई कोपा डेल रे उपाधि,आर्सनलाई एफए कप

Sunday, May 28, 2017 National Power

१४ जेठ – बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा गए राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । सबै गोल पहिलो हाफमा नै भएको हो । ३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाले अग्रता लियो । मेस्सीले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर ५४ गोल गरेका छन् । ३३ औं मिनेटमा हर्नान्डेजले एलाभेसका लागि बराबरी गोल फर्काए । ४५ औं मिनेटमा नेइमार तथा पहिलो हाफको इन्जुरी समयमा एलकेसरले गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि बार्सिलोना ३–१ ले नै विजयी भयो । फाइनल खेलको क्रममा बार्सिलोनाका जाभियर मास्चेरानो चोटग्रस्त भएका छन् । कोपा डेल रेको सबै भन्दा सफल क्लब बार्सिलोनाले २९ पटक उपाधि जितेको छ । यो सिजनको अन्त्यसँगै बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिकले क्लब छोड्दै छन् । तीन वर्ष क्याम्प नाउमा बिताएका इन्ड्रिकले यसअघि नै यो सिजनको अन्त्यसँगै क्लब छोड्ने बताएका थिए ।

आर्सनलले जित्यो एफए कपको उपाधि

प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान सातौं उपाधि हो ।

गए राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २–१ ले हरायो ।वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रता लिएको थियो ।

यद्यपि उनको गोल विवादास्पद रहृयो । उनले गोल गर्ने क्रममा असिस्टेन्ट रेफ्रीले आरोन राम्सीलाई अफसाइड देखाएका थिए । तर, मुख्य रेफ्रीले त्यसविरुद्ध निर्णय लिए ।पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा झड्का व्यहोर्‍यो । उसका भिक्टर मोएजले दोहोरो पहँलोसँगै रातो कार्ड पाए र टिम १० खेलाडीमा समेटियो ।

१० खेलाडीमा सिमित भएर पनि ७६ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्काएको थियो । उसका लागि स्ट्राइकर डिएगो कोष्टाले गोल गरे । तीन मिनेटपछि नै राम्सीले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र आर्सनलले उपाधि उचालेको छ । आर्सनलको यो एफए कपको १३ औं उपाधि हो भने वेङ्गरको कीर्तिमानी सातौं उपाधि समेत हो ।