Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

झापामा विषालु च्याउ खाँदा ९ जना बिरामी

Friday, May 26, 2017 National Power

१२ जेठ, झापा – झापाको कमल नगरपालिकामा विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन्। कमल नगरपालिका ४ की ३३ वर्षीय विष्णु घिमिरे, उनका छोरीहरू १४ वर्षीया सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, ७ वर्षीया सोनी घिमिरे र २ वर्षीया सोनिका घिमिरे बिरामी परेका हुन्। यस्तै सोही ठाउँका २८ वर्षीया उमा घतानी, उनका छोराहरू ११ वर्षीय इन्द्र घतानी र ९ वर्षीय चन्द्र घतानी तथा छोरी २ वर्षीया सविना घतानी बिरामी परेको प्रहरीले जनाएको छ। घर छेउमा उम्रिएको च्याउ खाँदा उनीहरू बिरामी परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिए ।