Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

धनगढीको स्ववियु निर्वाचनको मतगणना स्थगित

Wednesday, May 24, 2017 National Power

१० जेठ, धनगढी – कैलालीको धनगढी ७ नम्बर प्रदेशकै सबभैन्दा ठूलो कैलाली बहुमुखी क्याम्पस धनगढीको स्ववियु निर्वाचनको मतगणना स्थगित भएको छ ।

करिब १६ सय मत गनिएपछि नेविसंघका गणकले मतपत्र च्यातेपछि गणना बिथोलिएको हो । मतगणना भैरहदा केही व्यक्तिहरुले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत श्यामराज जोशीले जानकारी दिए । निर्वाचनमा १ हजार ९ सय ३६ मत खसेको निर्वाचन अधिकृत जोशीले बताए ।

उनले सौहार्दपूर्ण रुपमा मतगणना भैरहदा केही उच्छ्रिङ्खल व्यक्तिहरु प्रवेश गरी मतपत्र च्यातेका कारण तनाव सिर्जना भएको बताए ।मतपत्र च्यातेको आरोपमा प्रहरीले नेविसंघका विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका सभापतिका प्रत्यासी गुरुदेव के.सी, नेविसंघका क्षेत्र नम्बर ६ का अध्यक्ष गजेन्द्र विक्रस सिंह, नेविसंघ कैलाली जिल्ला अध्यक्ष भेष बहादुर बम, दिलिप केसी, तिलक बटाला र दिपेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए ।

कुल १ हजार ९ सय ३६ मत खसेकोमा अहिलेसम्म गणना भएको १ हजार ५ सय ७५ मतमा अनेरास्ववियुका चुडामणी भट्टले ६ सय ३६ मतका साथ अग्रता लिएका छन् । नेविसंघका गुरुदेव केसी (सुमन)ले ४ सय ६२ मत प्राप्त गरेको जोशीले बताए । अन्तिम मतपेटिकाको मतगणना गर्ने तयारी गरिरहेको अवस्थामा मतपत्र च्यातिएको हो । चुनाव हार्ने निश्चित भएपछि नेविसंघले मतपत्र च्यातेको भन्दै  मतपत्र गनेर परिणाम घोषणा हुनुपर्ने अनेरास्ववियुका विद्यार्थीले बताए ।

नेविसंघले भने पुनः मतदानको माग गरेको छ । करिब २ सय मत गन्न बाँकी रहदा अनेरास्ववियुले २ सयकै अग्रता लिएकाले अब बाँकी मत गणना गरेर चुनाव परिणाम घोषणा हुनुपर्ने बताए । निर्वाचन समितिले यसबारे छलफल गर्ने भएको छ ।