Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेस विजयी,ललितपुर महानगरपालिकामा माओवादीले खाता खोल्यो

Monday, May 22, 2017 National Power

८ जेठ,सिन्धुपाल्चोक/काठमाडौं – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन् ।

वंशलालले एमाले उम्मेदवार झम्क नेपाललाई २०० मतअन्तरले पराजित गरेका छन् । कांग्रेसका उम्मेदवार तामाङको पक्षमा ५ हजार ३६५ र एमाले उम्मेदवार नेपालको पक्षमा ५ हजार १६५ मत परेको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार चिरञ्जीवी आचार्यले २५८४ मत पाए ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकी मिरा लामा विजयी भइन् । उनले ५ हजार १६१ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती अधिकारीले ५ हजार ८९ मत ल्याइन् ।
उपाध्यक्ष पदको माओवादी उम्मेदवार विसमाइ तामाङको पक्षमा २ हजार ६९६ मत परेको छ ।

यता ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मनदकृष्ण ढंगोलले ९ सय ६ मत ल्याए । कांग्रेसका बेखमुनी महर्जनले ७ सय ९८ मत ल्याएका छन ।