राप्रपाको इज्जत धादिङ्गमा
५ जेठ, काठमाडौँ – एकता पछि निकै हौसिएको राप्रपाका नेताहरुले आगामी निर्वाचनहरुमा पार्टीलाई मुलुकको दोश्रो या तेश्रो शक्ति बनाउने उद्घोष गरेका थिए । तर स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत परिणाम आईरहँदा भने राप्रपा आफ्नो पुरानो हैसियत पनि जोगाउन नसक्ने अबस्थामा पुगेको छ । पछिल्लो २४० स्थानको मत परिणाम सार्वजनिक भइसक्दा राप्रपाले मात्र १ स्थानमा गाउँपालिका प्रमुखमा जित हात पारेको छ, भने केही स्थानमा वडा अध्यक्ष जितेको छ ।
राप्रपाले आफ्नो खाता खोल्ने क्रममा धादिङ्ग जिल्लाको रुविभ्याली गाउँपालिकामा जित हासिल गरेको हो, जुन राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ्गको गृहगाउँ हो । पन्चायतकाल देखि हासम्म आफ्नो प्रभुत्व कायम गर्न सफल भएका तामाङ्गले राप्रपालाई नील हुनबाट जोगाएका छन् । सोचे भन्दा धेरै ठाउँमा निकै लज्जास्पद हार ब्यहोरेको राप्रपाले अब आफुलाइ गम्भिर रुपमा समिक्षा गर्नुपर्ने अवस्था आएको छ ।
किन रिसाए राप्रपाका भोटर
राप्रपाले नील जोगाउन संघर्षरत हुँदै गर्दा विगतमा राप्रपालाई भोट दिएका भोटरहरुसंग हामीले बुझ्ने प्रयास गरेका थियौँ, कि किन यसपटक राप्रपा पछारियो भनेर । उनीहरुले दिएको उत्तरको आधारमा हामीले केही विश्लेषण गर्ने प्रयात्न गरेका थियौँ ।
विगतमा राप्रपाले (दुवै पार्टीको जोडेर) करिब साँढे पाँच लाखको हाराहारीमा भोट पाएको देखिन्छ । त्यस बेला कमल थापा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गर्दै प्रतिपक्षमा थिए । उनले संसद देखि सडकसम्म जस्तोसुकै परिस्थितीमा पनि आफ्नो एजेण्डा छोडेनन् । त्यसबेला राजतन्त्र र हिन्दु राज्यप्रति आस्था राख्ने जनताले आफ्नो एकमात्र विश्वासिलो र भरपर्दो नेताको रुपमा कमल थापालाई लिएका थिए । त्यही विश्वासका आधारमा दोश्रो संविधान सभामा उसलाई २५ सिट पनि दिएका थिए । तर कमल थापा सहित उनको पार्टीले जनताको उक्त विश्वासलाई वार्गेनिङ गर्ने दरिलो माध्यममात्र बनाएनन सरकारमा जाने भ¥याङको रुपमा पनि प्रयोग गर्न थाले । यतिसम्म की आफ्नो एजेण्डा नमिल्ने एमाले देखि माओवादी सम्मको नेतृत्वको सरकारमा विजय गच्छादारकै शैलीमा सरकारमा आउ जाउ गरिरहे ।
हो, संविधानमा राप्रपाले भनेको जस्तो एजेण्डा समावेश गरिन सक्ने अवस्था थिएन, त्यसैले राप्रपाले रचनात्मक रुपमा आफ्नो असहमती राख्दै संविधान पास ग¥यो र आफ्नो एजेण्डा यथावत रहेको बतायो । यो बेला सम्म जनता राप्रपासंग खासै चिढिएका थिएनन । कुनै समय संसदमा दुइ तिहाइ पु¥याउने आफ्नो एजेण्डा संविधानमा समावेश गर्न सक्छ भन्दै राप्रपाप्रति सकारात्मक थिए ।
तर जब संविधान जारी गरे लगत्तै केपी ओलीको सरकारमा राप्रपा सामेल भयो त्यसपछि भने जनताको मनमा संसय पैदा भइसकेको थियो । तैपनि उसका भोटरहरु त्यती धेरै नकारात्मक नभएको पाइयो ।
केपी ओलीको सरकार ढली सकेपछि प्रचण्डको सरकारमा जना राप्रपाले जसरी कसरत ग¥यो त्यसपछि भने जनतामा निराश पैदा भएको देखिन्छ । शुरुमानै उनी प्रचण्ड सरकारमा जान खोजे पनि विविध कारणले उस्को सत्ता आरोहण ढिला भइरहेको अवस्थामा पछिल्लो समयमा मधेशी मोर्चाले सरकारलाइ दिएको समर्थन फिर्ता गरे लगत्तै ऊ सरकारमा जना हतारियो । आफ्नो एजेण्डालाइ एकातिर थाँती राखेर जस्को सरकारमा पनि गच्छादारको शैलीमा जान थालेपछि राप्रपा र उस्को नेतृत्वलाइ जनताले “उही ड्याङको मुला” को रुपमा हेर्न थाले । त्यतीमात्र होइन पछिल्लो समय ऊ आफ्नो एजेण्डालाइ रद्धीको टोकरीमा मिल्काउँदै गणतन्त्र र धर्म निरपेक्षहरुसंग हल नार्न थालेपछि उसका भोटर उसंग नराम्रो संग रिसाए ।
गणतन्त्र र धर्म निरपेक्षको एजेण्डाका लागि काँग्रेस, एमाले, माओवादी हुँदै गर्दा राप्रपालाइ न त यी एजेण्डाका पक्षधरले पत्याए, न उस्का परम्परागत भोटरको विश्वास रह्यो । यस्तो अवस्थामा पछिल्लो समय पुर्व राजा ज्ञानेन्द्र शाह संगको टक्करले पनि उनलाइ घाटा पु¥यायो । हिजो राप्रपालाई भोट हाल्ने एउटा ठूलो तप्का राजाका अन्धभक्त समर्थकहरु पनि हुन् । यस्तो अवस्थामा पछिल्लो समय पुर्व राजाले पार्टी फुटायो भन्ने आरोपले पनि राप्रपालाई निकै घाटा पु¥यायो ।
यस्तो अवस्थामा उस्ले आफ्नो एजेण्डामा स्पष्ट भएर अहिलेनै आफुलाई सुधार नगरे अहिले नील जोगाउन संघर्षरत राप्रपा इतिहासमा सिमित हुने अवस्था आउन सक्छ ।
प्रस्तुती ः नवराज दुवाडी