Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

जुम्लाको तिला गाउँपालिकामा ७ सय ६८ मत ल्याएर एमालेका उम्मेद्वार विजयी

Wednesday, May 17, 2017 National Power

३ जेठ, जुम्ला – जुम्ला जिल्लाको तिला गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको छ । १७ सय ६८ मत ल्याएर एमालेका उम्मेद्वार रतननाथ योगी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी माओवादीका जंगबहादुर बस्नेतले १७ सय ४४ मत पाए ।
यस्तै उपाध्यक्षमा भने माओवादी केन्द्रका विष्णुमाया बुढा १७ सय ७४ मतका साथ विजयी भएका छन । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा कांग्रेसले अग्रता लिएको छ भने उपप्रमुखमा माओवादी केन्द्र अगाडि छ ।
पछिल्लो जानकारी अनुसार नगरपालिकाको प्रमुखमा उठेका कांग्रसेका कान्तिका सेजुवालले १९ सय ४१ मत पाएका छन । यस्तै एमालेका शान्तिलाल महतले ११ सय ४३ र माओवादी केन्द्रका अशोककुमार श्रेष्ठले १२ सय ३ मत ल्याएका छन ।
उपप्रमुखमा माओवादी केन्द्रकी अप्सरा न्यौपानेले ११ सय १४, कांग्रेसका जगतबहादुर खत्री ११ सय १३ र एमालेमा मेनुका रेग्मीले ९ सय ३२ मत ल्याएका छन ।