१ जेठ, धादिङ – दक्षिण धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभञ्ज्याङमा गए राति एमाले कार्यकर्ताको हत्या भएको छ। बन्दै गरेको झ्यालढोका नहालिएको घरमा गए राति ३० वर्षीय लक्ष्मण चेपाङको हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरी त्रिपाल र जस्तापाताले छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ। स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लत्पतिएको अवस्थामा भेटिएको छ। सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको स्थानीयले बताए।