Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

ललितपुरको वडा नम्बर ६ बाट अध्यक्ष पदमा एमाले बिजयी

Monday, May 15, 2017 National Power

१ जेठ, ललितपुर – ललितपुरको महांकाल गाउँपालिकाको वडा नम्बर ६ साबिक ठूला दुर्लङ गाविसबाट अध्यक्ष पदमा एमालेका रामकृष्ण आचार्य बिजयी भएका छन् ।
आचार्यले ३६१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत प्राप्त गरेका छन् । सो वडाबाट चारओटै सदस्य पनि एमालेका बिजयी भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सिनाले बताए ।गाउँपालिका प्रमुखमा भने सो वडाबाट स्वतन्त्र उम्मेदवार गणेशवहादुर केसीले अग्रता लिएका छन् । कांग्रेसका बागी उम्मेदवार केसीले ३१७ मतका साथ अग्रता लिँदा एमालेका रामचन्द्र दाहालले २५५ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी कमला तामाङले ३६६ मतसहित अग्रता लिएकी छन् ।