Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

धादिङलगायत विभिन्न जिल्लामा वृद्धवृद्धाहरुबाट मतदान सुरु

Sunday, May 14, 2017 National Power

३१ बैशाख, धादिङ, – धादिङको सदरमुकाम नीलकण्ठस्थित मतदान केन्द्रमा ज्येष्ठ नागरिकहरुबाट मतदान आरम्भ गरिएको छ । नीलकण्ठ ३ का ९० वर्षका रुपलाल श्रेष्ठले मतदान गरी स्थानीय निर्वाचनको मतदान आरम्भ गरिएको हो ।

रुपलाल मात्रै नभई ९० वर्षका पुष्पराज सापकोटा, ८४ वर्षका दिलबहादुर अमात्य, जीवनाथ रिजाललगायत वृद्ध र अशक्तलाई आरम्भमै मतदान गर्न दिइएको छ ।
त्यसैगरी स्याङजामा भइरहेको स्थानीय निर्वाचनको मतदानमा १ सय ८ बर्षीया बृद्धाले मतदान गरेकी छन् ।
अर्जुनचौपारी गाउँपालिका वार्ड नं.२ खाल्टेमा १ सय ८ वर्षीय आमा गौरी काफ्लेले मतदान गरेकी हुन् ।

नुवाकोट – ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गरेकि छिन्। उनले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गरिन्।

यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गरे। मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो।

लमजुङमा ९३ वर्षीया गुरुङद्वारा मतदान त्यसैगरी, लमजुङमा ९३ वर्षीया नैनाकुमारी गुरुङले मतदान गरेकी छन्।