Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

३४ वटै जिल्लामा निर्धारित समयमा मतदान शुरु, उत्साहित मतदाताहरू

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाण्डौ – स्थानीय सरकारका प्रतिनिधि छान्न तीन प्रदेशका ३४ वटै जिल्लामा मतदान शुरु भएको छ । ३१ बैशाख विहान ७ बजेदेखि नै मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । २० वर्षपछि हुन गईरहेको स्थानीय निर्वाचनका लागि मतदाताहरू सात बज्नु अगावै मतदान केन्द्रमा पुगेर लाईन लागि सकेका थिए । प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन भईरहेको छ । चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका प्रमुख उपप्रमुख तथा १८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि हुँदैछ । मतदाताहरुले ४९ हजार ३३७ उम्मेदवार मध्ये १३ हजार ५५६ लाई निर्वाचित गरेर पठाउँदैछन् ।