Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

माछा मार्ने क्रममा जालमा अल्झिएर एकको मृत्यु,एकजना बालक बेपत्ता

Thursday, May 11, 2017 National Power

२८ बैशाख, गुल्मी – गुल्मी जिल्लाको बडिघाट खोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान  गएको छ ।

चन्द्रकोट गाउँपालिकाको मजुवा बजार नजिकै बढीघाट खोलामा जाल हानेर माछा मार्ने क्रममा सोही जालमा अल्झिएर चन्द्रकोट गाउँपालिका–८ का २५ वर्षका युवराज रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बाढी आएका कारण धमिलो खोलामा माछा मार्ने क्रममा रजाली जालमा अल्झिएर खोलामा डुब्दा बुधबार ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही खोलामा पौडी खेल्ने क्रममा एकजना बालक बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका अन्तर्गत पुलकामुखमा पौडी खेल्ने क्रममा दवार गाउँपालिका–१ बलिथुमका १३ वर्षका राजेन्द्र परियार बेपत्ता भएको प्रहरीले जनाएको छ ।