Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

१८ जिल्लाबाट झन्डै १५ सय उजुरी

Tuesday, May 2, 2017 National Power

१९ बैशाख, दाङ – घोराही दाङमा तराई मधेस र थरुहट क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेका आन्दोलनका क्रममा घटनाको छानविन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगमा १८ जिल्लाबाट झन्डै १५ सय उजुरी परेका छन् ।

घटनाको अध्ययनका क्रममा दाङ आइपुगेको आयोगको टोलीले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । आन्दोलनका क्रममा भएका हत्या, हिंसा, कुटपिट र आगजनी लगायतका घटनाको सत्यतथ्य छानविन गर्न बनेको उच्चस्तरीय आयोगका अध्यक्ष गिरिशचन्द्र लालले उजुरी दिएकाहरुलाई भेटेर घटनाबारे जानकारी लिने काम भइरहेको बताए । उनले अहिलेसम्म ९ जिल्लाका पीडितहरुसँग भेट गरिसकेको जानकारी दिए ।

आयोगले २०७२ साल साउन २ गतेदेखि २०७३ साल असोज १ गते सम्मका घटनाहरुलाई अध्ययन गरिरहेको र सबै पीडितहरुलाई भेटेर प्रतिवेदन बनाउने आयोगका सदस्य पूर्वएआइजी नवराज ढकालले जानकारी दिए ।