Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मलेसियामा कार्यरत नेपालीका समस्या समाधानका लागि कूटनीतिक पहल

Sunday, April 30, 2017 National Power

१७ बैशाख, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताए ।

मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पूरा गर्न रातदिन लागि परेको बताए ।

“ नेपालमा भएको लगानी र पूर्वाधार सम्मेलनमा लगानीको राम्रो प्रतिबद्धता आएको छ, लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानुन परिमार्जन गरेर हामी लगानी भित्र्याउन चाहन्छौँ, अहिले आर्थिक वृद्धि बढेको छ, समृद्धि र विकासमा सकारात्मक लक्षण देखापरिरहेका छन्”, उनले भने ।

उनले मलेसिमा काम गरिरहेका नेपालीले विभिन्न कठिनाइ भोगिरहेको तथा निःशुल्क राहदानी भनिए पनि कामदार विभिन्न नाममा शुल्क तिर्न बाध्य भइरहेकोप्रति सरकार जानकार छ, सरकारले मलेसियामा कार्यरत नेपाली कामदारका समस्या समाधानका लागि कूटनीतिक पहल गरिरहेको छ ।” मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको कुराबाट नेपालले पनि शिक्षा लिने उनले बताए ।

सो अवसरमा मलेसियाको पुत्रजय नगरका पूर्वप्रमुख तथा पूर्वगृहसचिव तान्श्री आसेले दाहाल नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल तथा मलेसियाबीच सहकार्यका लागि आग्रह गरे । नेपाल मलेसिया बिजनेस काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराए ।