Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

संसदको बैठक २१ गतेसम्मका लागि स्थगित

Sunday, April 30, 2017 National Power


१७ बैशाख, काठमाडौं – व्यवस्थापिका संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ । संविधान संशोधन विधेयक पेस गरेर आइतबार छलफल सुरु गर्ने तयारी भैरहेको बेला बैठक स्थगित भएको हो ।
सरकारले संशोधनको पक्षमा दुई तिहाई पुर्याउने कसरत गरिरहेपनि सत्तारुढ दलकै केही सांसद उपस्थित नहुने संकेत देखिएपछि बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।
आइतबार दुईपटक संसद बैठक बस्ने योजना थियो । पहिलो बैठकले पूर्व सांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्ने र दोश्रो बैठकमा संशोधन प्रस्ताव पेश हुने तयारी भएपनि शोक प्रस्ताव पारित गरेपछि वैठक स्थगित भएको हो ।