Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

संसदको बैठक २१ गतेसम्मका लागि स्थगित

Sunday, April 30, 2017 National Power


१७ बैशाख, काठमाडौं – व्यवस्थापिका संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ । संविधान संशोधन विधेयक पेस गरेर आइतबार छलफल सुरु गर्ने तयारी भैरहेको बेला बैठक स्थगित भएको हो ।
सरकारले संशोधनको पक्षमा दुई तिहाई पुर्याउने कसरत गरिरहेपनि सत्तारुढ दलकै केही सांसद उपस्थित नहुने संकेत देखिएपछि बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।
आइतबार दुईपटक संसद बैठक बस्ने योजना थियो । पहिलो बैठकले पूर्व सांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्ने र दोश्रो बैठकमा संशोधन प्रस्ताव पेश हुने तयारी भएपनि शोक प्रस्ताव पारित गरेपछि वैठक स्थगित भएको हो ।